पूर्वी र मध्य क्षेत्रमा मनसुन सक्रिय, बाढी पहिरोबाट सचेत रहन महाशाखाको आग्रह

हिमाल प्रेस ७ असार २०८० ९:५२ | Thursday, June 22, 2023
पूर्वी र मध्य क्षेत्रमा मनसुन सक्रिय, बाढी पहिरोबाट सचेत रहन महाशाखाको आग्रह फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको र थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।

बिहीबार (आज) पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने अनुमान गरिएको र अहिले नेपालको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको असर रहेको महाशाखाद्वारा प्रकाशित मौसम बुलेटिनमा उल्लेख छ।

मनसुन सक्रिय रहँदा हुने वर्षाका कारण उत्पन्न बाढी पहिरोको खतराबाट सचेत रहन पनि महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: ७ असार २०८० ९:५२ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast