पुँजीबार खुम्चिएकोमा पूर्वअर्थमन्त्री पौडेलको चिन्ता

हिमाल प्रेस २८ जेठ २०८० १२:२५ | Sunday, June 11, 2023
पुँजीबार खुम्चिएकोमा पूर्वअर्थमन्त्री पौडेलको चिन्ता

काठमाडौँ– खस्कँदो पुँजीबजारको नकारात्मक परिदृश्यको जिम्मेवारी कोही नभएको भन्दै चिन्ता गरेका छन्। प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमा जारी छलफलमा आइतबार भाग लिँदै उनले भने, ‘पुँजीबजारको नकारात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैन। यो दुःखको कुरा हो।’ उनले अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको अवस्थाले मुलुकको अर्थतन्त्र कहाँनिर छ भन्ने कुराको संकेत गरेको दाबी गरे।

पूर्वमन्त्री पौडेलले २०७७ भदौमा नेप्से परिसूचक ३२ सय पुग्दा दैनिक २० अर्बको कारोबार हुने गरेको र बजारको पुँजीकरण कुल गार्हस्थ उत्पादनको हाराहारी अर्थात् ४५ खर्ब पुगेको बताए।

उनले भने, ‘तर अहिले नेप्से परिसूचक १९५० वरिपरि झरेको छ। दैनिक कारोबार दुई अर्बको हाराहारीमा झरेको छ। बजार पुँजीकरण २८ अर्बको हाराहारीमा खुम्चिएको छ।’

प्रकाशित: २८ जेठ २०८० १२:२५ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast