पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध

हिमाल प्रेस ९ असार २०८० ११:५२ | Saturday, June 24, 2023
पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध फाइल तस्बिर- रासस

काठमाडौँ– कान्ति लोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब ५ सय मिटर दक्षिणतर्फ शनिबार (आज) बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।

बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यस्तै मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडक खण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेत शर्माको भनाइ छ।

प्रकाशित: ९ असार २०८० ११:५२ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast