पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

हिमाल प्रेस ५ असार २०८० १३:४३ | Tuesday, June 20, 2023
पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते प्रतिनिधिमूलक तस्बिर

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ। पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो।

उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए। पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए।

यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बु आज पहिरोमा परी गम्भीर घाइते भएका छन्। बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी घाइते भए। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। उनीहरू अधिकांश स्थानीय निलगीरि माध्यमिक विद्यालयमा बस्दै आएका छन्। रासस

प्रकाशित: ५ असार २०८० १३:४३ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast