पहिचानवादीलाई सरकारको चेतावनी, अराजक गतिविधि गर्न छुट दिँदैनौँ

हिमाल प्रेस २६ जेठ २०८० १३:१० | Friday, June 9, 2023
पहिचानवादीलाई सरकारको चेतावनी, अराजक गतिविधि गर्न छुट दिँदैनौँ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन गदै गृहमन्त्री श्रेष्ठले पहिचानका नाममा अराजक मच्चाउने छुट कसैलाई पनि नरहेको भन्दै दोषीमाथि कारबाही गर्ने स्पष्ट पारेका हुन्।

मन्त्री श्रेष्ठले संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, व्यक्ति नेताहरुको सुरक्षामा चुनौती उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताए।

इलाममा कोशीका पूर्वमन्त्री रामराना मगरको गाडीमा पहिचानवादी भन्नेहरुले सडकमा ढुंगामुढा राखेर अवरोध गर्न खोजिएको देखिए पनि कालोमोसो दलिएको वा अरू केही गरिएको प्रचार सत्य नभएकोस्पष्ट पारे।

उदयपुरमा प्रदेश सभाकी उपसभामुख सृजना दुनुवार चढेको गाडीको झण्डा थुत्ने काम भएको र ढुंगा प्रहार गर्ने काम भएको उनले जानकारी दिए। श्रेष्ठले सम्बन्धित दोषीहरुलाई कानुनको दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको पनि बताए। यस्तै उनले संघीयताको रक्षा गर्न सके यससम्बन्धी दृष्टिकोणलाई शान्तिपूर्ण बाटोबाट वैधानिक रुपमा स्थापीत गर्न सकिने जोड दिए। एमालेका सांसद योगेश भट्टराईले एमाले नेतामाथि भएको आक्रमणका बारेमा प्रश्न गरेपछि गृहमन्त्रीले जबाफ दिएका हुन्।

प्रकाशित: २६ जेठ २०८० १३:१० | Friday, June 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast