पर्वतको महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

हिमाल प्रेस ९ असार २०८० ८:२८ | Saturday, June 24, 2023
पर्वतको महभिरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध फाइल तस्बिर।

कुस्मा– पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।

शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुंगा खसेर सडक पुरिएको हो।

अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारी साधन नयाँ पुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन्।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ।

प्रकाशित: ९ असार २०८० ८:२८ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast