पकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

हिमाल प्रेस ३ असार २०८० २०:०५ | Sunday, June 18, 2023
पकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको पञ्जाबमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० जना घाइते भएका छन्। पञ्जाब प्रान्तको चकवाल जिल्लामा उक्त घटना भएको हो।

राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा ५ जना महिला र ३ बालबालिका पनि छन्। सो बस संघीय राजधानी इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बेलामा दुर्घटना भएको हो।

सूचना पाएपछि प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए। दुर्घटनाको सूचना गर्दै प्रधानमन्त्री शाहबाज सरिफले क्षतिप्रति गहिरो शोक र दुःख व्यक्त गरेका छन्। रासस/सिन्ह्वा

प्रकाशित: ३ असार २०८० २०:०५ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast