नेपाल एसबिआई बैंक र अरोगिन हेल्थकेयरबीच सम्झौता

हिमाल प्रेस ३२ जेठ २०८० १५:३२ | Thursday, June 15, 2023
नेपाल एसबिआई बैंक र अरोगिन हेल्थकेयरबीच सम्झौता

काठमाडौँ- नेपाल एसबिआई बैंक र अरोगिन हेल्थकेयर प्रालिबीच सम्झौता गरिएको छ। काठमाडौँको विशालनगरमा रहेको हेल्थकेयरमा बैंकका ग्राहकलाई छुट दिने उद्देश्यले सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

छुट पाउन ग्राहकले नेपाल एसबिआई बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भूक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ। उक्त हेल्थकेयरबाट कपाल प्रत्यारोपण, छाला स्याहार, दन्त सेवा, फिजीयोथेरापी, ल्याबलगायत सेवामा छुट पाउने सम्झौतामा उल्लेख छ।सम्झौतापत्रमा बैंकका मुख्य प्रबन्धक विनोदकूमार ढुंगेल र हेल्थकेयरका प्रबन्धक जानूका बिष्टले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ३२ जेठ २०८० १५:३२ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast