नेपालमै उत्पादन हुन थाल्यो प्राइम टाइल्स

हिमाल प्रेस १५ असार २०८० १२:५४ | Friday, June 30, 2023
नेपालमै उत्पादन हुन थाल्यो प्राइम टाइल्स

काठमाडौँ– प्राइम सेरामिक्स प्रालिले आफ्नो उत्पादन ‘प्राइम-टाइल्स विथ स्टाइल’को बिक्री सुरु गरेको छ।

कम्पनीले रौतहटस्थित बृन्दावन नगरपालिका-६ मा १० बिघा क्षेत्रफलमा फैलिएको पूर्णस्वचालित प्लान्टमार्फत टायल उत्पादन थालेको हो। यसले भुइँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्छ।

उद्योगले सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी साक्मीको प्लान्ट प्रयोग गरेको छ। २५० भन्दा बढी डिजाइनका टायल उत्पादन सुरु गरेको उद्योगले जनाएको छ।

वार्षिक १५ अर्ब रुपैँया बराबरको टायल नेपालमा आयात हुन्छ। उद्योगले यसको करिब एक चौथाइ भाग ओगट्ने गरी उत्पादन सुरु गरेको जनाएको छ। स्वदेशमै उत्पादन भएकाले आयातितभन्दा २० प्रतिशत सस्तो पर्ने कम्पनीको दाबी छ।

सीएमएस ग्रुप र फर्चुन भेन्चर्सद्धारा प्रवर्द्धित प्राइम सेरामिक्स प्रालिको लगानी २ अर्ब रुपैयाँ छ। दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको उद्योगले ३ सय जनालाई रोजगारी दिएको छ।

प्रकाशित: १५ असार २०८० १२:५४ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast