काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार (आज) आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ।
सरकारले सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाउँदै आएको छ।
प्रकाशित: ७ असार २०८० ९:३१ | Thursday, June 22, 2023
प्रतिक्रिया



