नीरफूलले सहर र गाउँबीचको सामाजिक-सांस्कृतिक सवाल प्रस्तुत गरेको छ : मन्त्री किराती

हिमाल प्रेस १० असार २०८० ९:१५ | Sunday, June 25, 2023
नीरफूलले सहर र गाउँबीचको सामाजिक-सांस्कृतिक सवाल प्रस्तुत गरेको छ : मन्त्री किराती

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र नीरफूल चलचित्र हेरेका छन्।

सुन्धरास्थित सिभिल मलको क्युएफएक्समा चलचित्र निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै उनले चलचित्र हेरेका हुन्।

‘भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ। मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत गरेको रहेछ,’ चलचित्र हेरेपछि उनले भने।

आफूले चलचित्रमार्फत दिन खोजेको सन्देशलाई मन्त्री किरातीले महसुस गरेको निर्देशक वलले बताए।

०७२ सालको भूकम्पको सेरोफेरोमा कथा भनिएको चलचित्रले विपत्तिपछि धादिङस्थित रुबी भ्यालीको १ परिवारले भोग्नुपर्ने समस्या र बिछोडको दुर्दान्त पेस गर्छ।

राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौँमा छायांकन गरिएको निर्देशक वलले जानकारी दिए। चलचित्र जेठ २६ गतेदेखि प्रदर्शनमा छ।

प्रकाशित: १० असार २०८० ९:१५ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast