 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले निर्वाचन आयोगको कार्यालय खारेज गर्न नहुने बताएका छन्। आज (बुधबार)को संसद् बैठकमा बोल्दै उनले निर्वाचन कार्यालयको काम जिल्ला प्रशासनमा सार्न नहुने बताएका हुन्।
‘निर्वाचनको आयोगको भूमिकालाई कमजोर र संकुचित पार्ने काम भएको छ,’ उनले भने, ‘जिल्ला प्रशासनले गर्ने काम कार्यकारीको हस्तक्षेपबाट मुक्त हुन सक्दैन र यो संविधानसम्मत पनि छैन।’
उनले खर्च कटौतीको हिसाबले हेर्दा पनि १५ करोडभन्दा बढी बचत नहुने देखिएको बताए । ‘निर्वाचनको निष्पक्षमा सम्झौता गर्नुपर्ने अवस्थामा पुगिसकेको हो त?,’ उनले भने, ‘गल्तीलाई समयमै सच्याउनुपर्छ, निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गर्दछु।’
सरकारले निर्वाचन आयोगका जिल्ला कार्यालयहरू खारेज गरेर जिल्ला प्रशासनमा सार्ने निर्णय गरेको छ ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 