निजी विद्यालयका शिक्षकले पेन्सन पाउनुपर्ने निस्टाको माग

हिमाल प्रेस ११ असार २०८० १६:३० | Monday, June 26, 2023
निजी विद्यालयका शिक्षकले पेन्सन पाउनुपर्ने निस्टाको माग

काठमाडौँ- नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ (निस्टा) ले निजी विद्यालयमा कार्यरत शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) उपलब्ध गराउन सरकारसँग माग गरेको छ। निस्टाको गण्डकी प्रदेश कार्यसमिति बैठक तथा कास्की जिल्ला भेलामा सो माग अघि सार्ने निर्णय गरेको हो।

निस्टा केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले हाल निजामती कर्मचारी र सुरक्षा निकाय तथा संगठित संस्थाका कर्मचारीलाई मात्र दिइँदै आएको योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमलाई निजी विद्यालयसम्म विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए।

अध्यक्ष चालिसेले निजी विद्यालयका शिक्षकको हकहित, पेसागत सुरक्षा, क्षमता अभिवृद्धि र निस्टाको सांगठनिक विकास एवं विस्तारमा हातेमालो गर्न सबैलाई आह्वानसमेत गरे।

नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने र शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले निजी र सामुदायिक विद्यालयका शिक्षकबीच सहकार्यको आवश्यकता औँल्याउँदै दुवैले समानान्तर रुपमा संघर्ष तथा गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ११ असार २०८० १६:३० | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast