नाडा र ‘इन्स्योर’बीच सम्झौता

हिमाल प्रेस ३२ जेठ २०८० १५:०८ | Thursday, June 15, 2023
नाडा र ‘इन्स्योर’बीच सम्झौता

काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना ‘इन्स्योर’बीच सम्झौता गरिएको छ। ‘इन्स्योर’ स्वीसको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गतको संस्था हो।

दुई संस्थाबीच नाडाका सदस्य कम्पनीहरूमा कार्यरत कर्मचारी, प्राविधिकलगायत नयाँ कर्मचारीलाई तालिम दिने उद्देश्यले सम्झौता गरिएको हो। नाडाका सदस्य कम्पनीका कर्मचारी तथा प्राविधिकलाई तालिम दिएर दक्ष र सीपयुक्त बनाउने उद्देश्य लिइएको नाडाले जानकारी दिएको छ।

बुधबार भएको सम्झौतापत्रमा नाडाका अध्यक्ष डा. ध्रुव थापा र इन्स्योरका टिम लिडर रवीन्दबहादुर सिंहले हस्ताक्षर गरेका छन्। सम्झौतामा निश्चित नियम र शर्तहरू उल्लेख गरिएका छन्।

नाडा सम्बद्ध कर्मचारी तथा प्राविधिकहरूलाई तालिम दिन दुवै संस्थाको सहमतिमा पाठ्यक्रम निर्माण गरिएको छ। नाडाका अनुसार पाठ्यक्रम २४ महिने र १२ महिने गरी दुई थरी बनाइएको छ।

नाडाका सदस्य कम्पनीले सिफारिस गरेको आधारमा तालिम दिइने नाडाले बताएको छ। तलिम सैद्धान्तिक तथा व्यावहारिक दुवै किसिमको दिइने गरी पाठ्यक्रम बनाइएको नाडाको भनाइ छ।

प्रकाशित: ३२ जेठ २०८० १५:०८ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast