नागरिक उड्डयन प्राधिकरणविरुद्ध बालेनले दायर गरे रिट

हिमाल प्रेस ७ असार २०८० १३:१० | Thursday, June 22, 2023
नागरिक उड्डयन प्राधिकरणविरुद्ध बालेनले दायर गरे रिट काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नागरिक उड्डयन प्राधिकरणविरुद्ध रिट दायर गरेका छन्। प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै बालेनले उच्च अदालतमा रिट दायर गरेका हुन्।

प्राधिकरणले बालेनलाई सात दिनअघि स्पष्टीकरण सोधेको थियो। आज उनले जपाफ दिने दिन पनि थियो। तर उनले जवाफ नदिई रिट दायर गरेका हुन्।

उक्त रिट उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधानअनुकूल नभएको दाबीसहित स्पष्टीकरण बदर गर्न बालेनको माग छ।

काठमाडौ‍ँको सिनामंगलमा प्राधिकरणले नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौँ महानगरले ३२ जेठमा काम रोकिदिएको थियो। त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो।

त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐनअनुसार किन करबाही नगर्ने भन्दै सातदिने स्पष्टीकरण सोधेको थियो।

 

प्रकाशित: ७ असार २०८० १३:१० | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast