नागरिकताविहीनलाई भोट बैंक बनाउन खोजिँदै छ : राजेन्द्र लिङ्देन

हिमाल प्रेस ४ असार २०८० १५:०६ | Monday, June 19, 2023
नागरिकताविहीनलाई भोट बैंक बनाउन खोजिँदै छ : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीति गरिरहेको आरोप लगाएका छन्।  प्रतिनिधिसभा बैठकमा सोमबार बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसद्मा ल्याउन पनि सरकारलाई दबाब दिए। उनले भने, ‘नागरिकताविहीन नेपालीलाई भोट बैंकको रुपमा परिणत गर्न खोजेको देखियो।’

अध्यक्ष लिङ्देनले फास्ट ट्रयाकबाट पनि नागरिकता विधेयक पारित गर्न आपत्ति नरहेको बताए। यस्तै सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए। ‘उमेर पुगेर पनि नेपाली नागरिकताबाट वञ्चित भएका नेपालीले नागरिकता पाउनु हुँदैन भनेर हामीले भनेका छैनौँ। हामीले नागरिकता विधेयक आउनु हुँदैन भनेर भनेका छैनौँ।’

अध्यक्ष लिङ्देनले भारतलाई खुसी बनाउन र नागरिकता नपाएका नागरिकलाई खुसी बनाउन सरकारले नागरिकता विधेयक प्रमाणीकरण गराए पनि पीडितलाई नागरिकता दिने नियत नदेखिएको आरोप लगाए। ‘नागरिकता विधेयकबारे इमानदार थियो भने यसलाई कसरी अगाडि बढाउने, चाँडै टुंगो लगाउनुपर्नेछ भन्ने ढंगले निकास निकाल्न सकिन्थ्यो कि सकिँदैन थियो?’

अध्यक्ष लिङ्देनले नागरिकताका विषयमा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरे।

प्रकाशित: ४ असार २०८० १५:०६ | Monday, June 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast