नर्भिकमा कार्डियोलोजीको फ्री ओपीडी हुने

हिमाल प्रेस १३ असार २०८० १४:२७ | Wednesday, June 28, 2023
नर्भिकमा कार्डियोलोजीको फ्री ओपीडी हुने

काठमाडौँ- नर्भिक इन्टरनेसनल हस्पिटलमा शनिबार (असार १६ गते) फ्री कार्डियोलोजी ओपीडी हुने भएको छ। सर्वसाधारणको मागअनुसार शनिबार पुनः कार्डियोलोजी ओपीडी सञ्चालन गरिने भएको हो।

यसअघि अस्पतालले गत शनिबार (असार ९ गते) कासर्डयोलोजी ओपीडी गरेको थियो। त्यसमा सर्वसाधारणको अत्यधिक सहभागिता देखिएकाले पुनः गर्न लागिएको अस्पतालको भनाइ छ।

गत शनिबार अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सल्ट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपीडी सञ्चालन गरेको थियो। आउँदो शनिबार पनि डा. सिलवालकै टिमले मुटुरोगसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्नेछ।

शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रकाशित: १३ असार २०८० १४:२७ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast