 
                             
                                            काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरूको बयान जारी छ। आज तीन जनाको बयान भइरहेको छ। जिल्ला अदालत काठमाडौँमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान जारी छ।
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा भइरहेको छ। बुधबारसम्म १२ जना प्रतिवादीको बयान लिइसकिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १७ जना पक्राउ परेका छन्। उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
                            प्रकाशित: १८ जेठ  २०८० १५:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 