धितोपत्र ‘ब्रोकर’ कम्पनीलाई अनुमतिपत्र दिन अर्थ समितिको निर्देशन

हिमाल प्रेस ५ असार २०८० १४:४२ | Tuesday, June 20, 2023
धितोपत्र ‘ब्रोकर’ कम्पनीलाई अनुमतिपत्र दिन अर्थ समितिको निर्देशन

काठमाडौँ- मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र ‘ब्रोकर’ कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन संसद्को अर्थ समितिले निर्देशन दिएको छ। समितिले मापदण्ड पूरा गरेका कम्पनीलाई लाइसेन्स धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिएको हो।

समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ। समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिइएको बताए।

धितोपत्र दलाल तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई सतर्क हुन आग्रह गरिएको पनि उनले बताए। मापदण्ड पूरा भए/नभएको हेरेर सतर्कतापूर्वक लाइसेन्स दिन निर्देशन दिइएको उनले बताए।

प्रकाशित: ५ असार २०८० १४:४२ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast