धादिङको गल्छीमा भारतीय बस दुर्घटना हुँदा १५ जना घाइते

हिमाल प्रेस ८ असार २०८० १०:०६ | Friday, June 23, 2023
धादिङको गल्छीमा भारतीय बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ– धादिङको गल्छीमा यात्रुवाहक बस दुर्घटना भएको छ। शुक्रबार बिहान ८ बजे काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको बस दुर्घटना भएको हो।

‘बिहान गल्छीमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्। जसमा एक जना बालिकाको अवस्था गम्भीर छ,’ प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

बस दुर्घटनाका कारण सडकमा सवारी जाम भएपछि दुर्घटनास्थलमा प्रहरी परिचालन गरी यातायात सञ्चालन गरिएको उनले बताए।

प्रकाशित: ८ असार २०८० १०:०६ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast