इटहरी- धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ७१ करोडको बजेट विनियोजन गरेको छ। आइतबार धरानका उपमेयर आइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गर्दै खानेपानीलाई प्राथमिकतामा राखिएको जनाए।
बजेटको प्राथमिकताका आधारमा क्रमशः पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई बजेट विनियोजन गरिएको छ।
आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँटबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ।
प्रकाशित: १० असार २०८० १८:३५ | Sunday, June 25, 2023
प्रतिक्रिया




