दोर्दी र चेपेखोलाकाे १२६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

हिमाल प्रेस १४ असार २०८० १६:४३ | Thursday, June 29, 2023
दोर्दी र चेपेखोलाकाे १२६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौँ– लम्जुङको दोर्दी कोरिडोरबाट १२६.८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।  डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै करिडोरमा निर्माण सम्पन्न भएका पाँच आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।

दोर्दी खोलामा निर्माण भएका चार आयोजना र चेपेखोलामा निर्माण भएको एक जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

पिपुल्स हाइड्रो पावर कम्पनीद्वारा निर्माण गरिएको ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना, हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना प्रशारण लाइनमा जोडिएका छन्।

चेपेखोलामा निर्माण सम्पन्न ८.८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् पनि चालु राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

प्रकाशित: १४ असार २०८० १६:४३ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast