देशैभरि फैलियो मनसुन

हिमाल प्रेस ८ असार २०८० १७:०६ | Friday, June 23, 2023
देशैभरि फैलियो मनसुन फाइल तस्बिर।

काठमाडौँ- देशैभरि मनसुन फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असार ८ गतेदेखि पानी पार्ने मौसम प्रणाली देशैभर फैलिएको हो।

‘आज मनसुन प्रणाली नेपालभर फैलिएको छ’ महाशाखाले शुक्रबार जारी बुलेटिनमा उल्लेख छ।
नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने समय मानिन्छ। यसवर्षको मनसुन एकदिन ढिला गरी जुन १४ मा नेपाल प्रवेश गरेको थियो। जुन १४ मै नेपाल प्रवेश गरेको मनसुन नेपालभर फैलिन ९ दिन लागेको महाशाखाले जनाएको छ।

‘मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ,’ महाखाको बुलेटिनमा भनिएको छ, ‘खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रकाशित: ८ असार २०८० १७:०६ | Friday, June 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast