देशभर मनसुनको प्रभाव, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

हिमाल प्रेस १२ असार २०८० ६:२३ | Tuesday, June 27, 2023
देशभर मनसुनको प्रभाव, आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा? प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ– मंगलबार (आज) कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदलीदेखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीकोसमेत सम्भावना रहेको छ।

राति भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीकोसमेत सम्भावना रहेको छ।

प्रकाशित: १२ असार २०८० ६:२३ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast