 
                             
                                            काठमाडौँ- सन्राइज बैंकले डडेलधुरा र सुनसरीमा कृषिसम्बन्धी तालिम दिएको छ। बैंकले डडेलुधरामा आलु खेतीसम्बन्धी र सुनसरीमा पशुपालनसम्बन्धी तालिम दिएको हो।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त तालिम दिइएको जानकारी दिएको छ। सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकको भनाइ छ।
स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम दिएर किसानको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान दिने उद्देश्यले तालिम दिइएको बैंकको भनाइ छ।
झुम्कामा असार १ गतेदेखि दिइएको तालिममा ३१ ज्नाको सहभागिता थियो। सन्राइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरूको उपस्थितिमा दुईदिने तालिम दिइएको बैंकको भनाइ छ। त्यस्तै डडेलधुराको अमरगढी नगरपालिमा जेठ ३२ गतेदेखि दिईदिने तालिम दिइएको बैंकले बताएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 