डिजिटल बैंकिङसम्बन्धी एकदिने कार्यशाला सम्पन्‍न

हिमाल प्रेस ३ असार २०८० १२:३३ | Sunday, June 18, 2023
डिजिटल बैंकिङसम्बन्धी एकदिने कार्यशाला सम्पन्‍न

काठमाडौँ– फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीहरूलाई सहभागी गराई डिजिटल बैंकिङसम्बन्धी कार्याशाला आयोजना गरेको छ।

कार्यशालाको स्रोत व्यक्तिका रूपमा आईटीविज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा थिए। उनको कार्यपत्र नेपालमा डिजिटल बैंकिङ कसरी सहज, सरल र अझ विश्वसनीय ढंगले अगाडि बढाउन सकिन्छ भन्नेमा केन्द्रित थियो।

प्रथम सत्रमा डिजिटल बैंकिङ ड्राइभर र डिजिटल इको सिस्टम इन नेपालसम्बन्धी प्रस्तुतीकरण राखिएको थियो। दोस्रो सत्रमा डिजिटल स्ट्राटेजिज् र डिजिटल बैंकिङसम्बन्धी परिचय तथा अवधारणा समेटिएको थियो।

तेस्रो सत्रमा सेटिङ अप डिजिटल बैंकिङका साथै डिजिटल बैंकिङसम्बन्धी केस स्टडिज र सहभागीहरूको प्रस्तुतीकरण रहेको थियो।

कार्यशालामा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताको सहभागिता थियो।

प्रकाशित: ३ असार २०८० १२:३३ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast