टोखा-छहरे सुरुङमार्ग निर्माण यसै वर्ष सुरु हुन्छ : अर्थमन्त्री

हिमाल प्रेस २७ जेठ २०८० २१:०० | Saturday, June 10, 2023
टोखा-छहरे सुरुङमार्ग निर्माण यसै वर्ष सुरु हुन्छ : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग यसै वर्ष निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन्। नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा उनले सुरुङमार्ग निर्माणको काम यही वर्ष सुरु गर्ने बताएका हुन्। ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन,’ उनले भने, ‘यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ।’

उक्त सुरुङमार्गको धेरै वर्षदेखि चर्चा मात्रै हुने गरेको र निर्माणका लागि ठोस पहल नभएको भन्दै उनले अहिले ठोस पहल गरेर १ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको उनको भनाइ थियो।

‘यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ,’ उनले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौ।’

प्रकाशित: २७ जेठ २०८० २१:०० | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast