झरीको वास्तै नगरी विद्यालयका कर्मचारी सडकमा

हिमाल प्रेस १५ असार २०८० १४:५३ | Friday, June 30, 2023
झरीको वास्तै नगरी विद्यालयका कर्मचारी सडकमा

काठमाडौँ – सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले झरीको पर्बाह नगरी आन्दोलनका कार्यक्रम जारी राखेका छन्। शुक्रबार वर्षा भइरहँदा पनि उनीहरूले माइतीघरमा  धर्ना र रिले अनशनलाई जारी राखेका हुन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता र आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेसँगै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्।

परिषद्ले बिहीबार वार्ता टुंगोमा पुर्‍याउन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई र शिक्षा राज्य मन्त्री प्रमिला कुमारी यादवलाई मन्त्रालयमा भेटेर ध्यानाकर्षण गराएको थियो।

परिषद् यसअघि नै देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई रिले अनशनथप प्रभावकारी बनाउन प्रत्येक जिल्लाबाट प्रत्येक दिन १० जना कर्मचारीलाई माइतीघरमा उपस्थित हुन सर्कुलर जारी गरिसकेको छ।

परिषद् र सरकारबीचको दोस्रो चरणको बैठक अर्थ मन्त्रालयका प्रतिनिधिले थप समय माग गरेपछि केही दिनलाई स्थगित भएको छ। विद्यालयका कर्मचारीले वार्ता र आन्दोलन जारी राख्ने निर्णय गरेका छन्। वार्ता जारी रहे पनि ठोस सहमति नभएकाले दबाब दिन आन्दोलनका कार्यक्रम झरिको पनि प्रवाह नगरी जारी राखिएको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए।

परिषद्ले सरकारसँग विद्यालय सहायक (लेखापाल) को तलब ३४ हजार ९०२ र विद्यालय सहयोगी (का.स) को तलब २६ हजार ७०२ बनाउन सरकारसँग माग गरेको छ। अहिले संघीय सरकारबाट विद्यालय सहयोगिले ८ हजार र लेखापालले १३ हजार ५सय पारिश्रमिक पाउने गरेका छन्।

विद्यालय कर्मचारीले विगत २८ दिनदेखि आन्दोलन जारी राखेका छन्। असार ३ गतेदेखि विद्यालय बन्द गर्ने कर्मचारीको चेतावनीसँगै सरकारले वार्ता टेली गठन गरेर उनीहरूलाई वार्तामा बोलाएको थियो।

प्रकाशित: १५ असार २०८० १४:५३ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast