जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव फिर्ता

हिमाल प्रेस १२ असार २०८० १२:५८ | Tuesday, June 27, 2023
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव फिर्ता

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव फिर्ता लिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले प्रस्ताव फिर्ता लिएको बताएका हुन्।

जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्ने सरकारको प्रस्तावमा विमति जनाउँदै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका थिए। त्यस क्रममा १५ मिनेटका लागि संसद् अवरुद्ध गरिएको थियो। आगामी आवको बजेटमा जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्ने प्रस्ताव गरिएको थियो।

उनले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव भुलबस पर्न पुगेको दाबी गरे। उनले पाँच वर्षसम्म आयोगको भूमिका नहुने भएकाले गाभ्न खोजिए पनि सरोकारवालासँग छलफल गरेपछि आयोगको जिल्लास्थित निर्वाचन कार्यालयहरू अहिले जसरी नै रहने स्पष्ट पारे।

उनले भने, ‘ती कार्यालयलाई अझ स्वतन्त्र र सबल बनाउन सरकार तयार छ। जिल्ला निर्वाचन कार्यालयहरू जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरी नै रहनेछ।’ उनले निर्वाचन आयोगको स्वतन्त्रता कमजोर बनाउन कसैसँग सम्झौता नगरिने बताए।

प्रकाशित: १२ असार २०८० १२:५८ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast