काठमाडौँ- क्रिकेट विश्वकप २०२३ को छनोट खेल्न जिम्बाबे गएको नेपाली टिमले शनिबार अभ्यास गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाली क्रिकेट टिमले अभ्यास गरेका तस्बिर आफ्नाे फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ।
विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा रहेका नेपाल र जिम्बाबेबीच पहिलो खेल आइतबार दिउँसो पौने १ बजे हुने तालिका छ। नेपालको तेस्रो खेल एक पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग असार ७ गते रहेको छ।








प्रकाशित: २ असार २०८० २१:१७ | Saturday, June 17, 2023
प्रतिक्रिया





