 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जिप सुनकोशी नदीमा खसेको छ। शुक्रबार (आज) नदीमा जिप खस्दा जिपमा सवार ३ जना बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा. १ झ ७४६७ नम्बरको जिप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो।
जिपमा ४ जना सवार रहेको र १ जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी ३ जनाको अवस्था अज्ञात रहेको उनले जानकारी दिए। गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन। उनीहरूको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा पुगेको छ। सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गोताखोरको ७ जनाको टोलीसहित २९ जनाले खोजी कार्य सुरु गरेका छन्।
भक्तपुरबाट खोटाङतर्फ जाँदै गर्दा गाडी दुर्घटनामा परेको हो। प्रहरीका अनुसार गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका थिए । अहिले स्थानीय अस्पतालमा उनको उपचार भइरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 