 
                             
                                            काठमाडौँ– नेपालमा कुल जातजातिको संख्या १४२ पुगेको छ। साथै मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो।
०६८ सालको जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो। कार्यालयका अनुसार ०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको संख्या न्यून भएइकाले ‘अन्य भाषा’अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटासमेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ।
                            प्रकाशित: २० जेठ  २०८० ६:५० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 