जसपा विधान अधिवेशनमा आज समूहगत छलफल हुने

हिमाल प्रेस ११ असार २०८० ८:२५ | Monday, June 26, 2023
जसपा विधान अधिवेशनमा आज समूहगत छलफल हुने

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशनमा आज विधानमाथि छलफल हुँदै छ।

अधिवेशनको दोस्रो दिन सोमबार (आज) अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि पार्टी सदस्यहरूलाई १० समूहमा विभाजन गरेर छलफल हुनेछ।

आइतबार अध्यक्ष यादवले प्रस्ताव गरेको मस्यौदा विधानमा आजबाट समूहगत रूपमा छलफल हुने भएको हो।

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायत देश तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

विधान पारित भएमा नेतृत्वलाई एकल अधिकार मिल्नेछ। जसले अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन्। जसपाले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउनेजस्ता नयाँ व्यवस्था राखेर विधान बनाएको छ।

प्रकाशित: ११ असार २०८० ८:२५ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast