जसपा नभएको भए नागरिक समस्या हल हुन्थेन : उपेन्द्र यादव

हिमाल प्रेस १० असार २०८० २१:२८ | Sunday, June 25, 2023
जसपा नभएको भए नागरिक समस्या हल हुन्थेन : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या कहिल्यै हल नहुने दाबी गरेका छन्। आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने दाबी गरेका हुन्।

उनले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए। उनले वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्ने बताए।

अध्यक्ष यादवले देशको शासकीय स्वरूप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने बताए। उनले निर्वाचन प्रणाली पनि खर्चिलो भएको भन्दै यसको पनि परिवर्तन गर्नुपर्ने बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसद्को व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले पहिचानमा आधारित संघीयता हुनुपर्ने पनि बताए।

प्रकाशित: १० असार २०८० २१:२८ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast