 जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन उद्घाटन गर्दै पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई। तस्बिर : रासस
                             जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन उद्घाटन गर्दै पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई। तस्बिर : रासस
                                            काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मंगलबार (आज) सकिँदै छ। आइतबार देखि सुरु भएको विधान अधिवेशन आज सकिन लागेको हो।
आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जवाफ दिने कार्यसूची रहेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भएको थियो।
ती समूहबाट समूहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको उनले बताए।
प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटकभन्दा बढी एउटै पदमा बस्न नपाइने, पार्टी एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन पार्टी सदस्यता लिएको ५ वर्ष हुनुपर्नेलगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ।
उक्त मस्यौदा विधानमा छलफलका लागि ४ सय २० केन्द्रीय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिको सहभागिता रहेको उनले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 