जलहरीमा कसैको पनि नाम नछुटोस् : रामहरि खतिवडा

हिमाल प्रेस १३ असार २०८० १३:२१ | Wednesday, June 28, 2023
जलहरीमा कसैको पनि नाम नछुटोस् : रामहरि खतिवडा रामहरि खतिवडा। फाइल तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथमा चढाइएको सुनको जलहरीमा कसैको पनि नाम नछुटाउन आग्रह गरेका छन्। प्रतिनिनिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले १३ जनाको नाम मात्र लेखिएको जानकारीमा आएकाले अन्य व्यक्तिको किन छुटाइएको भने व्यंग्य गरेका हुन्।

खतिवडाले भने, ‘१३ जनाको नाम स्वार्णक्षरले लेखेको सूचना प्राप्त भयो। तर केही ड्राइभरहरू, केही कार्यालय सहयोगीहरू, केही पीएसओहरू, प्रधानमन्त्री र मन्त्रीका पीएहरू छुटेका रहेछन्, लेख्ने व्यवस्था गरियोस्।’

उनले स्वर्णाक्षरमा नाम लेख्नुपर्ने कति थिए, कति परेनन्, कति परे भन्नेबारेमा सरकारले जबाफ दिनुपर्ने बताए। खतिवडाले भने, ‘सबैको नाम नछुटोस्। लेख्ने कति थिए, कति परे, कति परेनन्। त्यसको जबाफ सरकारले देओस्, स्वर्ण अक्षरमा नाम लेख्ने परम्पराको विकास होस्।’

उनले ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनिएको भन्दै सबै माछालाई ढोक्सामा हाल्ने व्यवस्था गर्न सरकारसँग माग गरे। ‘चार आना, आठ आना, १६ आना र ३२ आनाका माछाहरू पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस्। भुरालाई जालमा हाल्ने र ठूलालाई छाड्ने काम नगरियोस्।’

प्रकाशित: १३ असार २०८० १३:२१ | Wednesday, June 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast