टिकटक बनाउने प्रहरीमाथि कारबाहीको चेतावनी [पत्रसहित]

हिमाल प्रेस २९ जेठ २०८० १९:१५ | Monday, June 12, 2023
टिकटक बनाउने प्रहरीमाथि कारबाहीको चेतावनी [पत्रसहित]

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले केही प्रहरीले सामाजिक सञ्जाल चलाउँदा ध्यान नदिएको भन्दै कारबाहीको चेतावनी दिएको छ। पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोस्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभावी कमेन्ट गर्नेलगायतका कार्य जारी राखेपछि चेतावनीसहितको निर्देशन जारी भएको हो।

सोमबार प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखाले प्रहरी कार्यरत रहने सबै कार्यालयहरूमा परिपत्र गर्दै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने अचारसंहितासम्बन्धी कार्यादेश, २०७७ विपरीत यी कार्यहरू पुनरावृत्ति भए/गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनीसमेत दिइएको छ।

‘सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने गाइडलाइन विपरीत फेसबुक, ट्वीटर, यु–ट्युव, टिकटक लगायतमा पोष्ट, सेयर, ट्याग, कमेन्ट, लिंक सेयर, ट्वीट तथा रि–ट्वीट नगर्ने भनी पटकपटक जानकारी गराउँदासमेत हालसम्म पनि केही प्रहरी कर्मचारीले प्रहरी पोशाक प्रयोग गरी कार्यालय, व्यारेक, कार्यकक्ष लगायत क्षेत्रमा यस्ता क्रियाकलाप गरेकाले यस महाशाखाको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘गाइडलाइन विपरीतको कार्यमा संलग्न कर्मचारी उपर हदैसम्मको विभागीय कारबाही गर्न/गराउन निर्देशानुसार अनुरोध गरिएको छ।’

प्रकाशित: २९ जेठ २०८० १९:१५ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast