जंगीअड्डामा वनमन्त्री

हिमाल प्रेस ७ असार २०८० २१:०२ | Thursday, June 22, 2023
जंगीअड्डामा वनमन्त्री

काठमाडौँ- वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जंगीअड्डाको भ्रमण गरेका छन्। प्रकृति संरक्षणअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय र वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमार्फत नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिको जानकारी लिने उद्देश्यले उनले भ्रमण गरेका हुन्।

प्रधानसेनापति प्रभुराम शर्माले आज (बिहीबार) उनलाई जंगीअड्डामा स्वागत गर्दै २०३२ सालदेखि नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षित क्षेत्रमा तैनाथ रही वन्यजन्तु तथा प्रकृति संरक्षणका क्षेत्रमा गरिरहेका सार्थक प्रयासबारेमा अवगत गराएका थिए। उनले हाल नेपाली सेनाको लगभग १० प्रतिशत फौज प्रकृति संरक्षणमा तैनाथ रहेको जानकारी गराए।

वनमन्त्री डा. महतोले प्रकृति संरक्षणका क्षेत्रमा हाल प्राप्त उपलब्धिमा नेपाली सेनाको भूमिकाको प्रशंसा गरेका थिए। उनले नेपाली सेनाको सहभागिताबिना प्रकृति तथा पर्यावरण संरक्षणका प्रयासहरू प्रभावकारी नहुने बताउँदै संरक्षणमा परिचालित फौज एवम् कर्मचारीलाई परेको भौतिक पूर्वाधारको कमी लगायतको समस्यासँग आफू परिचित रहेको बताए।

साथै उनले उक्त समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने बताए। सोही क्रममा उनले जलवायु परिवर्तनले पारेको असर, मानव वन्यजन्तु द्वन्द्व र मानव अतिक्रमण प्रकृति संरक्षणमा मुख्य चुनौतीका रूपमा रहेको कुरा औँल्याउँदै प्रकृति संरक्षणमा प्रविधिको प्रयोग बढाउनुपर्ने विचार व्यक्त गरे।

प्रकाशित: ७ असार २०८० २१:०२ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast