चन्द्र भण्डारी भन्छन् : हाम्रो नेतृत्वले समय बुझेन, समयअनुसार चल्न सकेन

हिमाल प्रेस ६ असार २०८० १६:०० | Wednesday, June 21, 2023
चन्द्र भण्डारी भन्छन् : हाम्रो नेतृत्वले समय बुझेन, समयअनुसार चल्न सकेन

काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले क्रिकेट खेलमैदानका लागि आवश्यक बजेटको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। देशलाई पहिचान दिने क्षेत्रको विकासका लागि खेलमैदान बनाउने विषयमा खुलेर अघि बढ्न सक्नुपर्ने उनको भनाइ छ।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको पनि बताए।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ठूलो अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गी बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए।

‘क्रिकेट ग्राउन्ड त बनाइदेऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदै छौँ भन्छौँ ? एकैचोटि बनाइदिऊँ न। बजेट छुट्टयाइदिऊँ न तिनका लागि, जसले तिमीलाई पहिचान दिएको छ। त्यसकारण हामीले यो कुरालाई पनि बुझ्नुपर्छ। यसलाई हामीले पाठ्यक्रममा राखिदिऊँ’ उनले भने।

उनले हाम्रो नेतृत्वको सोच, दृष्टिकोण कहाँ छ भन्दै प्रश्न पनि गरे। ‘माउन्टेन चढ्ने कुराका लागि विश्वविद्यालय बनाइदिऊँ त, कहाँ–कहाँका व्यक्तिहरू आउँछन्। लुम्बिनीमा गौतमबुद्धको ठाउँमा जानुस्, बच्चा जन्माउने ठूलो हस्पिटल बनाइदिनुस्, हजारौँ बेडको। संसारभरिका बुद्धमार्गीहरू सन्तान जन्माउन आउँछन्,’ उनले भने, ‘के छैन नेपाल ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समयानुसार चल्न सकेनौँ कि ? समय बुझेनौँ कि ? मल बन्छ। त्यसको बारेमा सोच्न पर्दैन।’

प्रकाशित: ६ असार २०८० १६:०० | Wednesday, June 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast