घूससहित वडाअध्यक्ष र सचिव पक्राउ

हिमाल प्रेस ३१ जेठ २०८० १९:५० | Wednesday, June 14, 2023
घूससहित वडाअध्यक्ष र सचिव पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं २ का वडा अध्यक्ष बुलन यादव ७० हजार घूससहित पक्राउ परेका छन्।

आज वडा अध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घूससहित पक्राउ परेका हुन्। वडा अध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घूस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सेवाग्राहीबाट ७० हजार घूस लिइसकेको अवस्थामा घूस रकमसहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो। उनका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३१ जेठ २०८० १९:५० | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast