गोठ बगाउँदा दुईजना बेपत्ता

हिमाल प्रेस ३ असार २०८० १३:१० | Sunday, June 18, 2023
गोठ बगाउँदा दुईजना बेपत्ता फाइल तस्बिर

किमाथाङ्का- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन्।  अविरल वर्षासँगै आएको बाढीले सुनाम्लामा गोठ बगाउँदा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

बेपत्ताको पहिचान खुल्न नसकेको उनको भनाइ थियो। घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ। बाढीले पशु चौपायसमेत बगाएको प्रहरीले जनाएको छ।

यसैगरी गएराति आएको बाढीले चैनपुर नगरपालिका–१ मा आठ वटा पशु चौपाय बगाएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

प्रकाशित: ३ असार २०८० १३:१० | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast