गृह मन्त्रालयले निकाल्यो सीडीओको सरुवा [सूचीसहित]

हिमाल प्रेस १ असार २०८० १७:४५ | Friday, June 16, 2023
गृह मन्त्रालयले निकाल्यो सीडीओको सरुवा [सूचीसहित]

काठमाडौँ– गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। अवधि पुगेका सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार सरुवा गरेको गृह मन्त्रालयले बताएको छ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ। त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ। त्यस्तै, कञ्चनपुरका सीडीओ गोपाल प्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ। उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो।

उता मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ। सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ। खतिवडा लाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो।  त्यस्तै, डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। त्यस्तै खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

उनीहरूलाई पनि सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो। त्यस्तै रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। त्यस्तै, कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ।

त्यस्तै जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ। त्यस्तै काभ्रेको सहायक सीडीओ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ।

प्रकाशित: १ असार २०८० १७:४५ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast