गुरु कुट्नेहरूलाई संरक्षण गर्नु खेदजनक : ओली

हिमाल प्रेस १४ असार २०८० ११:०६ | Thursday, June 29, 2023
गुरु कुट्नेहरूलाई संरक्षण गर्नु खेदजनक : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेताले आक्रमण गरेको घटनातर्फ संकेत उल्लेख गर्दै उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको भन्दै चिन्ता प्रकट गरे।

‘गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा हो। सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरूको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने।

कथित विद्यार्थीले आफ्नो संगठनतिरको प्राध्यापक होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको उनले जनाए।

‘आजकाल गुरु कुट्ने संस्कृति हाबी हुँदै छ। यो बडा दुखद् कुरा हो यो। हाम्रो देशजस्तो एउटा सभ्यताको जग, सभ्यता सुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ। टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ,’ उनले भने,’ यो खेदजनक विषय हो।’

प्राध्यापक कुट्नेहरूलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरू हुनै नसक्ने उनले बताए।

प्रकाशित: १४ असार २०८० ११:०६ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast