गाउँपालिकाकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ७ असार २०८० १८:०३ | Thursday, June 22, 2023
गाउँपालिकाकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- ओखलढुंगाको मोलुंग गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका उपाध्यक्ष हेमकुमारी तामाङ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ११ जनामाथि गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो।

मोलुंग गाउँपालिका वडा नं. २ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको अख्तियारको ठहर छ।

सो सम्बन्धी उजुरी निवेदनबारे अनुसन्धान हुँदा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरी/गराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैयाँ हानी पुर्‍याउने बदनियतपूर्वक भुक्तानी गरेको देखिएको छ।

प्रकाशित: ७ असार २०८० १८:०३ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast