‘गणपति’को नयाँ मिति सार्वजनिक, भदौ १४ मा प्रदर्शन हुने

हिमाल प्रेस ३१ जेठ २०८० ११:२० | Wednesday, June 14, 2023
‘गणपति’को नयाँ मिति सार्वजनिक, भदौ १४ मा प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘गणपति’ आगामी भदौ १४ गते प्रदर्शन गरिने भएको छ। यसअघि तोकिएको जेठ ५ मा फिल्म प्रदर्शन नभएपछि निर्माण टिमले नयाँ मिति सार्वजनिक गरेको हो।

फिल्मका निर्देशक सबिन अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै भदौ १४ गते प्रदर्शन हुने जानकारी दिएका छन्।

‘गणपति भदौ १४ गते, जनै पूर्णिमाको दिन’ उनले लेखेका छन्। निर्माण टिमले फिल्मको ‘ए मेरी आमा’ र ‘गाढा भैदियो’ बोलको गीत र टिजर सार्वजनिक गरिसकेको छ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिकामा छन्। फिल्ममा अन्य कलाकार प्रकाश घिमिरे, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु मानन्धर, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

फिल्मका निर्माता लक्ष्मण रिजाल हुन्। फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सन र श्री राम बलामी फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको हो।

प्रकाशित: ३१ जेठ २०८० ११:२० | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast