खेलकुदमन्त्रीले भने : कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्छ

हिमाल प्रेस १५ असार २०८० १२:१९ | Friday, June 30, 2023
खेलकुदमन्त्रीले भने : कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्छ

काठमाडौँ- युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन्। आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको उनको भनाइ छ। ‘अहिले कोशी प्रदेशमा समस्या उत्पन्न भएको अवस्था छ। त्यो विषयमा केन्द्रिय सभापति ज्यु र केन्द्रिय नेताहरु अनविज्ञ हुनुहुन्न। त्यो विषय त्यहाँका सांसद साथीहरुले उठाउनुभएको छ। त्यहाँ कांग्रेसमा आवद्ध साथीहरुलाई तपाईंहरू पहिचान विरोधी हो?,’ उनले भने ‘तपाईंहरू संघीयता विरोधी हो कि होइन?, होइन भने प्रदेश १ को नाम राख्ने बेलामा जबरजस्ती रातारात किन कोशी प्रदेश राख्नुभयो भनेर हामीले फोनमा भनेका थियौँ। यो पुनःविचार गर्नुपर्छ भनेर हामीले पार्टीको ध्यानाकर्षण गराएका छौँ। पार्टी के भन्छ सभापतिज्युले भन्नुहोला।’

उनले नेपाली कांग्रेसको गतिविधि शून्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरू च्याउजस्तै उम्रिएको बताए। पार्टीको रुचीमा नपरेको मन्त्रालय आफूलाई दिइए पनि पर्याप्त बजेट नदिएको प्रति उनले असन्तुष्टि व्यक्त गरे। उनले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसासमेत नभएको दाबी गरे।

अहिले नेपाली कांग्रेसको गतिविधि शुन्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरु च्याउजस्तै उम्रिएका छ्न्। ‘हामी चुप लाग्ने हो भने कांग्रेसको इतिहास मेटिने देखिन्छ। पार्टीको केन्द्रमा नपरेको मन्त्रालय मलाई दिइएको छ। त्यो मन्त्रालयभित्र गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ? उनले भने,’ यो मन्त्रालयको रिफर्म नगरी मन्त्रालय अघि बढ्ने स्थिति छैन। यो मन्त्रालयमा २ अर्ब ७ करोड रुपैयाँ मात्रै बजेट छ। पैसै छै, तर सिलिङ थपिएन। जति छ त्यसलाई व्यवस्थापन गर्नेछु।’

मन्त्री लिम्बूले अहिले नेपाली कांग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरे।

प्रकाशित: १५ असार २०८० १२:१९ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast