कोशीमा अध्यादेशमार्फत बजेट ल्याइयो

हिमाल प्रेस ३२ जेठ २०८० १७:३९ | Thursday, June 15, 2023
कोशीमा अध्यादेशमार्फत बजेट ल्याइयो

इटहरी- कोशी प्रदेश सरकारले बिहीबार अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेको हो।

बुधबार नीति तथा कार्यक्रम पेस गरेपछि प्रदेशसभाको बजेट अधिवेशन नै अन्त्य गरेको सरकारले बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरिरहेका छन्। चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको उनले बताए। ३९ अर्ब ७३ करोड बजेटमध्ये यथार्थ प्राप्ति भने ३३ अर्ब ७ करोड हुने अनुमान गरिएको छ।

कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गराएर बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको हो। सरकारले कृषि, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएकाे छ।

प्रकाशित: ३२ जेठ २०८० १७:३९ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast