‘कृष्ण तेरी हो गई’ मा अदिति

हिमाल प्रेस ३१ जेठ २०८० ११:२६ | Wednesday, June 14, 2023
‘कृष्ण तेरी हो गई’ मा अदिति

काठमाडौँ- नायिका अदिति बुढाथोकी अभिनीत ‘कृष्ण तेरी हो गई’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ। गीत ‘डिएम देसी मेलोडियस’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

भारतीय चर्चित गायिका असीस कौरको स्वर र जानीको शब्द रहेको गीतमा गौरव देव र कार्तिक देवले संगीत भरेका छन्।

फिल्मी शैलीमा आधारित गीतको भिडियोमा नायिका अदिति कृष्णकी प्रेमिका राधाको भूमिकामा देखिएकी छन्। साथै किन्शुक वैद्य भगवान् कृष्णको भूमिकामा छन्।

बलिउडमा फिल्म प्रवेश गर्न संघर्षरत नेपाली नायिका हुन् अदिति। यसअघि नायिका बुढाथोकी अभिनीत ‘परान्दा’, ‘इन्नी सि गल’, ‘तुम जहाँ रहो’, ‘फिजूल है’ , ‘तू मेरा नहीं’, ‘मैं तेरी हो गई’ लगायत थुप्रै हिन्दी र पन्जाबी गीत चर्चित छन्। उनले नेपाली फिल्म ‘कृ’ र ‘बाबरी’मा अभिनय गरिसकेकी छन्।

प्रकाशित: ३१ जेठ २०८० ११:२६ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast