कुटपिटबाट वडा सदस्यको मृत्यु

हिमाल प्रेस ३२ जेठ २०८० १६:१३ | Thursday, June 15, 2023
कुटपिटबाट वडा सदस्यको मृत्यु प्रतिनिधिमूलक तस्बिर

बनेपा- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान्‌को कुटाइबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको हो।

श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए।

विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ। कुटपिट गर्ने शम्भुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। रासस

प्रकाशित: ३२ जेठ २०८० १६:१३ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast