कार्ययोजना बनाएर बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

हिमाल प्रेस ७ असार २०८० १८:५३ | Thursday, June 22, 2023
कार्ययोजना बनाएर बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिएका छन्। बिहीबार विभिन्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै मन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनको क्षमता वृद्धि गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘आगामी आवको बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना र समय तालिका बनाएर अगाडि बढ्नुहोला।’ महतले बजेटमा समावेश भएका प्रणाली सुधारका कार्यक्रमको कार्यान्वयनमा दृढ हुन पनि सचिवहरूलाई निर्देशन दिए।

अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन पनि आग्रह गरेका छन्।

प्रकाशित: ७ असार २०८० १८:५३ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast